टेलिकमको उपहारः मिस्डकल एलर्ट पुन सञ्चालनमा


काठमाडौ, १५ जेठ । नेपाल टेलिकमको मिस्ड कल एलर्ट सेवा आजदेखि पुनः संचालनमा ल्याउन लागेको छ । नेपाल टेलिकमले गणतन्त्र दिवसका अवसरमा मिस्डकल एलर्ट सेवा पुनः संचालनमा ल्याउन लागेको जनाएको छ।
मिस्ड कल सेवा जीएसएम पोष्टपेड तथा प्रिपेड मोवाइलमा लागू हुने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।कम्पनीका अनुसार सेवाग्राहीले नम्बर व्यस्त हुँदा, नेटवर्क नभएको अवस्थामा र स्विच अफ भएको बेला फोन आउँदा एसएमएसमार्फत नोटिफिकेसन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्