टोखाका ३ जना स्थानीयमा कोरोना संक्रमण


काठमाडौं,२८ असार ।  काठमाडौं टोखाका ३ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले गरेको पीसीआर परीक्षणमा टोखा नगरपालिका -६, हरियाली बस्तीका तीन स्थानीयसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो। ईडीसीडीका एक कर्मचारिका अनुसार हरियाली बस्तीबाट एक सय बढीको नमूना ल्याइ जाँच गर्दा तीनजना स्थानीयसहित चारजनामा कोरोना पोजेटिभ आएको छ । ईडीसीडीले गत साता समुदायमा कोराना भाइरसको संक्रमण छ कि छैन् भनि उपत्यकाका विभिन्न १२ स्थानबाट एक-एक सयका दरले पीसीआर परीक्षणका लागि नमूना संकलन गरेको थियो । सो क्रममा टोखाको हरियाली बस्तीबाट समेत नमूना लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्