टोखा धापासीको बिकासले आफनो गाउँ आफै बनाउँ अभियानलाई सम्झायो: मन्त्री पोखरेल


काठमाडौ, २० साउन । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले जनसहभागितामा भएको टोखा धापासीको विकासको नमुनाले आफनो गाउ आफै बनाउँ अभियानलाई सम्झाएको बताएका छन् । पुर्ब सैनिक सेवा समाज नेपालको सयोजन तथा शिबमन्दिर परिषर टोल सुधार समितिको सहभागितामा निर्माण सम्पन्न सडकको समितिलाई हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले पारदर्शी ढंगले जनसहभागितामा भएको बिकास निर्माणको नमुनाले आफनो गाउ आफै बनाउँ अभियानलाई सम्झाएको बताएका हुन् । यहाँको उदाहरणीय विकासको नमुनाले अन्य बिकास प्रेमीलाई प्रोत्साहित गर्ने बताउँदै मन्त्री पोखरेलले जनता आफै मिलेर गरेमा निकै राम्रो काम हुने रहेछ भन्ने कुरा देखिएको उल्लेख गरे ।

उनले राजनीतिमा प्रतिष्पर्धा बिकासमा एकता देखाउनु पर्छ भन्दै हरेक कामका लागि जनप्रतिनिधिले नेतृत्व गर्ने र जन सहभागिताभएमा भएको काम पनि राम्रो र पारदर्शी हुन्छ भन्दै जनताले जनप्रतिधिलाई खबरदारी गरिरहनपर्ने बताए ।
२०५२ सालमा आफ्नो गाउ ंआफै बनाउ भन्ने नेपाल सरकारको घोषणा जसरी देश ब्यापी रुपमा सार्थक र प्रभाबकारी भएको थियो त्यस्तै उदाहरणीय नमुना योग्य बिकासको थालनी काठमाडौको टोखानगरपालिका ६ मा भएको छ । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले यहाँ भएको स्तरीय सडक निर्माण सकारात्मक भएको भन्दै आबश्यक सहयोग गर्ने बताए । शिब मन्दिर टोल सुधार समितिका कोषाध्यक्ष एवं बरिष्ठ प्रशिक्षक मीना शर्माले विकासका लागि जनसहभागिता प्रभाबकारी भएको बताईन ।

पुर्ब सैनिक सेबा समाजका अध्यक्ष मेघराज टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा टोखानगरपालिका ६ का बडाध्यक्ष महेश्वर केसीले आगामी बर्ष सम्म आफ्नो वडामा सडकमा कच्ची माटो नदेखिने गरी बिकास हुने बताउनुभएको छ ।
कार्यक्रममा टोखानगरपालिका बडा ५ का बडाध्यक्ष जगनाथ ढकाल, धापासी बुद्धिजिबी समाजका अध्यक्षएवं बरिष्ठ पत्रकार टंक पन्त, बाटो निर्माण समितिका अध्यक्ष प्रकाश बानिया , शिबमन्दिर टोल सुधार समितिका अध्यक्ष ध्रुबबन्धु अर्याल , बाटो निर्माण अनुगमन समितिका सयोजक चन्द्र भारती, बाटो निर्माण समितिका सचिब एवं शिबमन्दिर टोल सुधार समितिका पुर्ब अध्यक्ष खुशीराम पाण्डे, सोही समितिका पुर्ब अध्यक्ष रामचन्द्र ज्योति , पुष्पा भुसाललगायतले स्थानीय जनताले निर्माण गरेको गुणस्तरीय कालोपत्रे सडकले टोखालाई मात्र होइन अन्यका लागि उदाहरणीय बन्ने बताएका छन । कार्यक्रममा बुद्धिजिबी , स्थानीय नागरिकले आगामी महिना देखि आफ्नो टोलको आफै सफा गर्ने र आफनो गाउको बिकास आफै गर्ने योजनाका साथ लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
शिबमन्दिर परिषर देखि संचार चोक हुदै नबोबुद्ध स्कुल सम्म जनसहभागितामा सडकमा कालोपत्रे सम्पन्न, गरपालिकाको वडा ५ अन्य बिकास निर्माण ६ वडाको मनकामना मन्दिर नजिकबाट ग्रान्डि तिर जाने बाटोमा शिबमन्दिर वरपर नमुना योग्य सडक निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्