ट्रकले स्कुटरलाई ठक्कर दिदा एकको ज्यान गयो


कावासोती, २२ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका १० स्थित जङ्गलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना घाइते भएका छन् । बिहीबार राति ना८ख १८४५ नम्वरको ट्रकले लु ४१ प १७२७ नम्वरको स्कुटरलाई ठक्कर दिँदा देवचुली नगरपालिका सिर्जनाचोक बस्ने २२ वर्षीय टीकाराम महतोको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका महतोको दुम्कौलीमा उपचार हुन नसकेपछि भरतपुर पठाइएकोमा आज बिहान २ बजे मृत्यु भएको हो । दुर्घटनामा परी स्कुटरमा सवार सोही स्थान बस्ने २१ वर्षीय भरत गुरौ घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्ष अर्जुन रानाभाटले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्