ट्रम्प र किमबीच संयुक्त दस्तावेजमा हस्ताक्षर, ट्रम्पलाई किमले भने ‘नाइस टु मिट यु टु’


काठमाडौ, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति ट्रम्पसँगको भेटमा उत्तर कोरियाली नेता किमले आफ्नो इतिहास पछाडि छाड्दै संसारमा नयाँ परिवर्तन ल्याउने बताए । ट्रम्प र किमको भेट करिब ३८ मिनेटसम्म चल्यो । होटलको लाइब्रेरीमा भएको भेटपछि उत्तर कोरियाली नेता किमले राष्ट्रपति ट्रम्पलाई अंग्रेजीमा नाइस टु मिट यु टु भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्