ट्रेड युनियन अध्यक्ष चयनको विषयले एमालेमा झमेला, कार्की बैङ्केटमा छुट्टै भेला


जेठ २९ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा पहिलो बनेको एमाले निकटको संगठन निजामती कर्मचारी संगठनभित्र अहिले अध्यक्ष को बन्ने भन्नेमा विवाद देखिएको छ ।

अघिल्लो हप्ता सम्पन्न निर्वाचनमा निजामती कर्मचारी संगठन पहिलो, निजामती कर्मचारी युनियन संघ दोस्रो र राष्ट्रिय निजामती कर्मचारी संगठन तेस्रो भएपछि निजामती कर्मचारी संगठनले पाँच जना पदाधिकारीसहित २१ सदस्यीय आधिकारिक ट्रेड युनियनमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष गरी तीन पदाधिकारी सहित ८ सदस्य प्राप्त गर्ने भएको छ । निर्वाचनमा आफुलाई शक्तिशाली संगठनका रुपमा देखाउन सफल भए पनि त्यस संगठन भित्र कसलाई अध्यक्ष बनाउने भन्नेमा सुरु भएको विवादका कारण थप जटिलता देखिएको छ ।

आफुलाई शक्तिशाली संगठनका रुपमा उभ्याएको भन्दै अध्यक्ष पनि सर्वसम्मत रुपमै छनोट गर्नु पर्ने अडान राख्दै आएको पोखरेल समूहले ढकाललाई अध्यक्ष बनाउन गुटगत भेलाको आयोजना गरेको भन्दै आप्पति जनाएको छ ।

संगठनका वर्तमान अध्यक्ष पुण्यप्रसाद ढकाल र पूर्वअध्यक्ष भोला पोखरेलले अध्यक्ष दाबी गरेपछि आधिकारिक ट्रेड युनियनको अध्यक्षमा कसलाई पठाउने भन्ने चर्को लबी सुरु भएको हो । अहिले ढकाल र पोखरेल दुबै समूहले ट्रेड युनियनको अध्यक्षका लागि पार्टी नेतृत्वसम्म नै लबी सुरु गरेपछि गुटगत भेला र बैठक पनि बाक्लै हुन थालेका छन् । ढकाललाई प्रधानमन्त्री केपी शर्मा ओली समूहको समर्थन छ । अहिले ढकाललाई अध्यक्ष बनाउन ओली समूहकै माथिल्लो तहकै नेताहरु सक्रिय बनेको पोखरेल समूहले आरोप लगाएको छ ।

आफुलाई शक्तिशाली संगठनका रुपमा उभ्याएको भन्दै अध्यक्ष पनि सर्वसम्मत रुपमै छनोट गर्नु पर्ने अडान राख्दै आएको पोखरेल समूहले ढकाललाई अध्यक्ष बनाउन गुटगत भेलाको आयोजना गरेको भन्दै आप्पति जनाएको छ । शुक्रबार राजधानीको कार्की बैंङ्केटमा पार्टीका स्थायी कमिटीसम्मका नेताको भेला बोलाएर ढकाल समूहले संगठनमा गुटको राजनीति हाबी गराएको अरोप पोखरेल समूहले लगाएको छ ।

‘पद्धति सिकाउने नेतृत्वले पद्धति विपरित त्यस्ता भेला गरेको मलाई पत्यार लागेको छैन,’ ‘निजामती कर्मचारी संगठनका महासचिव मोहन घिमिरेले भने, ‘उहाँहरुले त्यसरी भेला गर्नुभयो भन्ने सुन्दा मलाई दुःख लागेको छ, जिल्ला–जिल्लाका साथीहरुको सहमतीमै अध्यक्ष चयन गरेर पठाउनुपर्छ भन्ने अभिमतको विरुद्धमा भएका यस्ता भेलाले संगठनमा गुटको राजनीति हाबी भएको संकेत गर्छ ।’

घिमिरेले यहि असार १ र २ गते हुने केन्द्रीय कमिटी बैठकले सर्वसम्मत नेतृत्व छनोट गर्ने तयारी गरिरहेका बेला त्यस्ता भेला बस्नु उचित नभएको दाबी गरे । ‘केन्द्रीय कमिटी बैठकले आधिकारिक ट्रेड युनियनमा नेतृत्व सर्वसम्मत पठाउने तयारी गरेको छ,’ उनले भने, ‘त्यति मात्र होइन ट्रेड युनियनमा व्यवस्थापन र सार्वजनिक प्रशासनलाई जनमैत्री बनाउने अभियान थालिरहेका बेला यस्ता भेलाले हामी भित्रै फुट ल्याएको छ ।’

कार्की बैङ्केटमा को–को नेता पुगे ?

आधिकारिक ट्रेड युनियनको अध्यक्ष कसलाई पठाउने भन्ने चर्को लबी सुरु भैरहेका बेला शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म काकी बैंङ्केटमा भएको गुटको भेलामा स्थायी कमिटी सदस्यदेखि सांसद र अनेरास्ववियुका पूर्व अध्यक्षसम्म पुगेका थिए । आधिकारिक ट्रेड युनियनको अध्यक्षका लागि दाबी गरिरहेका वर्तमान अध्यक्ष ढकालले आयोजना गरेको भेलामा यहि असार ३, ४ र ५ गते हुने पेशागत महासंघको अधिवेशन, त्यसको तयारी र आधिकारिक ट्रेड युनियनको अध्यक्ष कसलाई पठाउने भन्ने विषय तय भएको थियो ।

त्यस भेलामा स्थायी कमिटी सदस्य शंकर पोख्रेल, सांसद रामेश्वर फुयाँल, विशाल भट्टराई, उपत्यका इञ्चार्ज सानु श्रेष्ठ, केन्द्रीय सदस्य खिमलाल भट्टराई, राप्ती इञ्चार्ज खेममान खड्कालगायतका करिब ४० जना सहभागी भएका थिए ।

त्यस भेलामा स्थायी कमिटी सदस्य शंकर पोख्रेल, सांसद रामेश्वर फुयाँल, विशाल भट्टराई, उपत्यका इञ्चार्ज सानु श्रेष्ठ, केन्द्रीय सदस्य खिमलाल भट्टराई, राप्ती इञ्चार्ज खेममान खड्कालगायतका करिब ४० जना सहभागी भएका थिए । भेलामा ढकाललाई कसरी अध्यक्ष बनाउने भन्नेमा छलफल केन्द्रित रहेको थियो । यद्यपि ढकाल समूहले भने गुटगत भेला भन्ने आरोपको खण्डन गरेको छ । भेलामा सहभागी एक नेताले भने– ‘सामान्य भेटघाट भएको हो तर, गुटकै भेला भन्ने सत्य होइन ।’

यता पोख्रेल समूहले १ सय १५ सदस्यीय कमिटीमा आफ्नो पक्षमा बहुमत भएको भन्दै सर्वसम्मत वा निर्वाचन दुबै विधि मध्ये एक अपनाउदा पनि पोखरेल नै अध्यक्ष बन्ने निश्चित भएकाले अर्को समूह आत्तिएको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्