ठूलो हुँदा धर्ती छाड्यौं, पछारिएपछि यसरी थाहा पायौंः प्रचण्ड


काठमाडौं, १० वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ठूलो पार्टी हुँदाको अहंकार र सानो पार्टी हुँदाको पीडाको अनुभूतिबाट गुज्रिएकाले त्यस्तो अनुभूति एमालेसँगको पार्टी एकतामा शिक्षा बनेको बताएका छन् ।

‘हामीलाई राम्रोसंग थाहा छ–ठूलो पार्टी हुदा कस्तो अनुभुति हुन्थ्यो । ०६४ सालमा सारै ठूलो पार्टी भयौं, त्यतिबेला भूईमा टेक्न छाडेर धर्ती छाडियो, सारै ठूलो हुनु पनि ठिक रहेनछ । सबैै हामी अरु केही होइनन भन्ने ठानिदो रहेछ । अनी जनताले पछारपछि कस्तो हुदो रहेछ भन्ने पनि थाहा पाईयो ।’

‘एमालेलाई भनिन्छ–तपार्इंहरु यत्रो ठूलो पार्टीले सिद्धिन लागेको माओवादीलाई किन महत्व दिनुप¥यो ? मैले थाहा पाएको छु । माओवादीलाई सबै परिवर्तन तपाईहरुले ल्याएको क्रान्ति तपाईहरुले ल्याएकाले एमालेसँग किन एकता गर्नुप¥यो भन्दै उचालिन्छ’, प्रचण्डले भने,‘हामीलाई राम्रोसंग थाहा छ–ठूलो पार्टी हुदा कस्तो अनुभुति हुन्थ्यो । ०६४ सालमा सारै ठूलो पार्टी भयौं, त्यतिबेला भूईमा टेक्न छाडेर धर्ती छाडियो, सारै ठूलो हुनु पनि ठिक रहेनछ । सबैै हामी अरु केही होइनन भन्ने ठानिदो रहेछ । अनी जनताले पछारपछि कस्तो हुदो रहेछ भन्ने पनि थाहा पाईयो ।’
प्रचण्डले अगाडि थपे– ‘२०७० सालमा तेस्रो बनाएर जनताले पछारेपछि कस्तो हुदो रहेछ भन्ने पीडा पनि थाहा पाईयो । हामीलाई मात्र होइन, एमालेका नेता कार्यकर्तालाई पनि थाहा छ । ठूलो हुँदा कस्तो हुन्छ सानो हुदा कस्तो हुन्छ । हामी एतिहासिक धाराहरु हाँै । त्यसैले हामीले एक अर्कालाई सम्मान गर्नै पर्छ । एक अर्काबाट सिक्नै पर्छ । हाम्रो रणनीति जनयुद्धमा जाने भन्ने पनि होइन जनयुद्धमा कोही पनि जाने भनको पनि छैन् ।’

प्रतिक्रिया दिनुहोस्