डा. भट्टराईलाई शान्ता चौधरीको खुलापत्र


३० जेठ । दशरथ रंगशालमा हजारौ मानिसका बीचमा डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी नेपालको औपचारिक घोषणा गर्दै गर्दा पूर्व सभासद् शान्ता चौधरीले सामाजिक सञ्जालमार्फत भट्टराईलाई खुलापत्र लेखेकी छिन् ।

‘कुनै जमानमा यो देशले बहुप्रतिक्षा गरेको, देशको कायापलट गर्ने सपना बाँढदै १० वर्षे हिंसात्मक युद्वको नेतृत्व गरेका अनि शान्तिपूर्ण राजनीतिमा आएपछि प्रधानमन्त्री बनेका डा बाबुराम भट्टराईको नेतृत्वमा आज नयाँ पार्टीको घोषणा गरिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘बहुदलीय व्यवस्थामा नयाँ पार्टी स्थापनालाई नै अपराध मान्ने पक्षमा म छैन तर अहिले नयाँ पार्टीको वस्तुगत आवश्यकता हो होइन भन्ने प्रश्न प्रधान प्रश्न हो ।’

चौधरीले नयाँ पार्टी खोल्दैमा देशका तमाम समस्या समाधान हुन्छन भन्नु भ्रम बाहेक केही नभएको पनि दाबी गरेकी छिन् । ‘बाबुरामजी इतिहासको अग्निपरीक्षमा परिक्षण भइसकेको व्यक्ति हुनुहुन्छ,’ उनले भनेकी छिन्, ‘उहाँका विषयमा उहाँको पूर्ववर्त पार्टी र बाहिर जनताकाबीचमा पनि सम्भवतः अब कुनै भ्रम बाँकी छैन ।

हो, मसँग तपाईंको जस्तो ‘डिग्री’को प्रमाणपत्र छैन, कक्षा नौमा पढ्दैछु र पनि राष्ट्र र राष्टियता अनि सबैखाले अतिवाद विरुद्वमा शीरमा कफन बाँधेरै भायनक जोखिम मोलेरै उभिएकै छु ।’ चौधरीले बाबुरामलाई देशका जनता र राष्ट्रियता भन्दा ठूलो कुनै वाह्य शक्तिकेन्द्र हुन भन्ने भ्रम त्याग्न पनि सुझाव दिएकी छिन् । उनले नागरिक आवाजमा भरपूर विश्वास गर्न आग्रह पनि गरेकी छिन् ।

‘दम्भलाई तपाईंले कतिपय ठाउँमा कतिपय व्यक्तिका सन्दर्भमा अति भद्धारुपमा प्रस्तुत गर्ने गर्नुभएको छ जुन विद्वताको सरासर दुरुपयोग हो भन्ने लाग्छ,’ उनले भनेकी छिन्, ‘तपाईँका विषयमा सवैभन्दा पेचिलो प्रश्न हो, राष्ट्रियता सम्वन्धी तपाईंको अडानको प्रश्न । यो प्रश्नमा पुर्नविचार गरेर आत्मसर्मणवादी कित्ता छोडेर राष्ट्रवादी कित्तामा उभिन सक्नु भो भने तपाईंको अनि तपाईंको दलको भलो हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्