डीभीका कारण राहदानी बनाउने ५ गुणा बढे


काठमाडौं, ५ कार्तिक । बसोबासकै लागि अमेरिका जान पाइने अवसरका रुपमा चिनिएको डाइभर्सिटी भिसा (डीभी) को आवेदन फर्म खुल्ना साथै उपत्यका बाहिरका नेपाली सेवाग्राही राहदानी लिन काठमाडौं ओइरिएका छन् ।

राहदानी विभागले सधैंको भन्दा झण्डै पाँच गुणा राहदानी आवेदन भर्ने र उत्पादन गर्ने अवस्था आएपछि स्थिति अस्तव्यस्त बनेको छ ।
गत असोज १५ मा डीभी आवेदन खुलेपछि काठमाडौँ आएर तत्कालै राहदानी (एमआरपी)

झिक्नेको संख्या ह्वात्तै बढेको हो । अरु बेला जिल्ला संकलन केन्द्रबाट आउनेसहित दैनिक बढीमा आठ सय एमआरपी आवेदन रहेने गरेकोमा पछिल्ला दिनमा झण्डै चार हजार जनाले आवेदन भरिरहेका छन् । यसमा पनि एक तिहाई जति १५ हजार रुपैयाँ शुल्क तिरेर एकै दिनमा एमआरपी लिन चाहने छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्