डेनमार्कमा पुरुषभन्दा महिलाले बढी धुमपान गर्ने


विश्वमा धेरै मानिसको मृत्युको कारण बन्ने गरेको छ सुर्तीजन्य पदार्थको प्रयोग ।  कुन देशमा बढी धूमपान र कुन देशमा कम सुर्तीजन्य बस्तुको प्रयोग हुन्छ । विश्वमा दशकौँदेखि धूमपानविरोधी नीतिहरू ल्याइएपनि अघिल्लो वर्ष गरिएको एउटा अध्ययनले विश्वव्यापी रूपमा चुरोट पिउने मानिसको संख्या बढ्दै गएको देखाएको छ । किरिबाटी टापु देश जहाँ धुमपान गर्नेको दर विश्वकै उच्च रहेको छ। त्यहाँ जनसंख्याको दुईतिहाइ पुरुष र एकतिहाइभन्दा बढ्ता महिला चुरोट पिउँछन्। सुर्ती विरोधी खुकुला नियमहरू र चुरोटमा कम कर लगाइने हुनाले त्यहाँ सुर्तीजन्य पदार्थमा मानिसहरूको सहजै पहुँच हुने गरेको छ ।
पूर्वी युरोपको देश मोन्टिनिग्रोमा युरोपकै उच्च धूमपानको दर रहेको छ। त्यहाँ ४६ प्रतिशत मानिस धूमपान गर्छन्।

उक्त बाल्कन देशको जनसंख्या छ लाख ३३ हजार रहेको छ। त्यहाँ एक जना वयस्क व्यक्तिले प्रतिवर्ष चार हजार एक सय २४ चुरोटका खिल्ली सेवन गर्छन्।
ग्रीस तेस्रो बढी धूमपान हुने देश हो।

त्यहाँ देशका आधा भन्दा बढी पुरुष र ३५ प्रतिशत महिला धूमपान गर्छन्।
पूर्वी टिमोर विश्वमा धूमपानको उच्चदर भएको देशमध्ये एउटा हो।

त्यहाँ कुल जनसंख्याको लगभग ८० प्रतिशत पुरूष धूमपान गर्छन् जून विश्वकै उच्च हो।

तर धूमपान गर्ने महिला चाहिँ छ प्रतिशत मात्रै छ।
रुस पाँचौ धेरै धूमपान गरिने देश हो।

त्यहाँ १५ वर्षमाथिका करिब ६० प्रतिशत पुरुष र २३ प्रतिशत महिला धूमपान गर्छन्।
कम धूमपानकर्ता रहेका देश
कम चुरोट सेवन गरिने देशहरूमा घाना, इथियोपिआ, नाइजेरिया, इरिट्रिआ र प्यानमा रहेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार करिव १४ प्रतिशत अफ्रिकीहरू धूमपान गर्छन्। त्यहाँ महिलाहरूले धूमपान गर्नु अनैतिक ठानिन्छ।

घाना, इथियोपिआ र नाइजेरिया पनि विश्व स्वास्थ्य संगठनको धूमपान नियन्त्रण सम्बन्धी फ्रेमवर्क कन्भेन्शन भनिने सन्धिमा सामेल छन्। तिनीहरूले धूमपानको नकारात्मक असरबाट आफ्ना नागरिकलाई जोगाउन कडा प्रावधानहरू र नियन्त्रणका उपायहरू लागु गरेका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार चीन विश्वको सबैभन्दा ठूलो सुर्ती उत्पादक र खपतकर्ता हो। चीनमा ३० करोड धूमपानकर्ता छन् जुन विश्वको कूल धूमपानकर्ताको झन्डै एकतिहाइ संख्या हो।
पुरुषभन्दा बढी महिला धूमपानकर्ता भएको एउटै मात्र देश डेनमार्क हो।

त्यहाँ १९ प्रतिशतभन्दा बढी महिलाहरू धूमपान गर्छन् भने धूमपान गर्ने पुरुषको प्रतिशत १८.९ छ। बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्