डोटीको बोगटानमा जीप दुर्घटना, कम्तीमा ९ को मृत्यु


२१ साउन । बोगटान गाउँपालिका–६ गगुडाधारमा एउटा जीप सडकबाट करिब पाँच सय मिटर तल खस्दा कम्तीमा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । दिपायल प्रहरीका अनुसार दिपायलबाट यात्रु लिएर बोगटान क्षेत्रका लागि हिँडेको शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप राति १० बजे दुर्घटना भएको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

दुर्घटनामा परी बोगटान गाउँपालिका—१, सिमचौरका ३५ वर्षीय विष्णुबहादुर मगर, ५५ वर्षीय भीम घर्तिमगर, ५० वर्षीय बुढो घर्ती मगर र ४५ वर्षीय गोरख थापा मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै ४८ वर्षीय शशीराम पुनमगर, ४५ वर्षीय ललीता देवी पुन, ४० वर्षीय टेकबहादुर पुनमगर, ३० वर्षीय चन्द्रबहादुर घर्तीमगर र शिखर नगरपालिका–१ कपल्केकी २८ वर्षीय चालक कृष्णबहादुर नेगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्