डोटीमा क्वारेन्टिनमा एक युवकको मृत्यु


डोटी, २५ जेठ । भारतबाट आएर डोटीस्थित एक क्वारेन्टिनमा बस्दै आएका एक १९ वर्षीय युवकको ज्यान गएको छ ।

डोटीको केआई सिंह गाउँपालिका–३ को सीताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा रहेका १९ वर्षीय युवकको मुत्यु भएको हो । आइतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिएका छन् । उनी मुटुको रोगी भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्