ढाकाबाट फर्किए वरिष्ठ नेता नेपाल


१ माघ । नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बंगलादेशमा सम्पन्न ‘मुभमेन्टस् इन एसिया आर कमिङ् टुगेदर इन ढाका’ बैठकमा सहभागी भई स्वदेश फर्किएका छन् ।

वरिष्ठ नेता नेपाल बंगलादेश वर्कर पार्टीको निमन्त्रणामा विशिष्ट अतिथिका रुपमा सहभागी हुन गत पुस २७ गते राजधानी ढाकातर्फ प्रस्थान गरेका थिए । नवउदारवाद तथा विश्वव्यापीकरणको एसिया क्षेत्रमा बढ्दै गएको प्रभाव, जीवन रक्षाका लागि जनताको संघर्ष र प्रजातन्त्रलगायत विषयमा नेता नेपालले धारणा राखेका थिए ।

एक्काइसौँ शताब्दीमा देखिएका समाजवादका चुनौती र अनुभवका विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्