ढुंगेलको रिहाइपछि विधिको शासनको खिल्ली उड्योः विवेकशील साझा


काठमाडौ, १५ जेठ । बालकृष्ण ढुंगेललाई राष्ट्रपतिबाट माफी दिई जेलमुक्त गर्ने सरकारी निर्णय प्रति विवेकशील साझा पार्टीले ध्यानाकर्षन भएको बताएको छ । मंगलबार विवेकशील साझाका प्रवक्ता रमेश पौडेलले एक विज्ञप्ती जारी गर्दै आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षन भएको बताएका हुन ।
गम्भीर अपराधमा संलग्न भएको भन्दै अदालतले पीडितका लागि खतरा समेत रहेको ठहर गरेका व्यक्तिलाई असल चालचलन भन्दै सरकारले कैद मिनाहा गर्न खोज्नु न्याय र विधिको शासनको खिल्ली उडाएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्