तत्कालिन किष्ट बैंकका प्रमुख ज्ञवाली पक्राउ


काठमाडौं, १९ असोज । तत्कालिन किष्ट बैंकका प्रमुख कमल ज्ञवाली पक्राउ परेका छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखा काठमाडौंको टोलीले ज्ञवालीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो ।
अदालतले ज्ञवालीविरुद्ध १५ करोड जरिवाना र ४ वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि उनी फरार भएका थिए ।
प्रहरीका अनुसार ज्ञवालीलाई महेन्द्रनगरबाट काठमाडौं ल्याइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्