तनहुँको पुल्चोक बजार डुबानमा,१५० जनालाई सुरक्षित स्थानमा सारियो


तनहुँ,२६ असार । तनहुँको पुल्चोक बजार डुबानमा परेको छ । लगातारको वर्षाले सेती नदी र सुरौंदी उर्लिएर  शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा पसेको छ । वडा नम्बर ४ का २८ घर र वडा नम्बर ८ का १४ घरमा डुबानमा परेपछि १ सय ५० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । केही चौपायालाई बगाएको पनि छ ।

प्रतिक्रिया दिनुहोस्