तनहुँको वसन्तपुरमा जिप दुर्घटना, चालकसहित ११ घाइते


१ कात्तिक । तनहुँको वसन्तपुर गाविस–३ मोहरियास्थित भित्री कच्ची सडकबाट गएराति एउटा जिप ६० मिटर तल खसी दुर्घटना हुँदा चालकसहित ११ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ । डुम्रेबाट थानीको थान जाँदै गरेको ना२च ९४८८ नंको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा तनहुँको वसन्तपुर गाविस–१ बस्ने ३५ वर्षीय तेजबहादुर तामाङ, वसन्तपुर–१ कै २६ वर्षीय कल्पना मजकोटी, सोही ठाउँका २५ वर्षीय नमिना रम्तेल, ५० वर्षीय शान्तिदेवी श्रेष्ठ र ४१ वर्षीय पार्वती लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

गम्भीर घाइतेको पोखराको मणिपाल र पर्लिन अस्पताल तथा अन्यको गोरखा पोलिक्लिनिक तुरतुरेमा उपचार भइरहेको छ ।जिप चालक घाइते भए पनि उनको नाम खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्