तयार भयो नायिका स्वेताको ‘सपना बस्ती’


काठमाडौं । यही हप्ता नायिका स्वेता खड्काले एउटा सुन्दर बस्ती आफ्नो फेसबुक पेजमा सार्वजनिक गरिन् । हेर्दै सुन्दर बस्ती ।

फेरि खड्काले तस्बिरबारे पुरा केही खुलाएकी थिइनन् । तर– त्यही पेजको अघिल्ला पोष्टहरु हेर्दा भने त्यो प्रष्ट हुन्थ्यो ।

खड्काले गरेकै त्यस्तै थिइन्, केही प्रष्ट नखुलाउँदै अनि ठूला हल्ला नगरी चुपचाप एउटा बस्ती तयार पारिरहेकी थिइन् । श्वेताश्री फाउण्डेशनमार्फत् नायिका खड्काले भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको माझी बस्तीका ५३ घर बनाएकी हुन् ।

कतै प्रचार नगरी धेरै चन्दा र अनुदान नलिई बस्ती नै तयार पारिसकेपछि भने सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा आउन थालेकी छन् ।

तर, किन आफ्नो सपनाको बस्तीबारे स्वेता प्रचारमा आइनन् । सहयोगमा हात फैलाइनन् । त्यो त उनैले जवाफ देलान् ।

प्रतिक्रिया दिनुहोस्