तराईको भू–भाग नेपालीको कलेजो हो, छिमेकीलाई काटेर दिन सक्दैनौँः चित्रबहादुर केसी


२२ पुस  । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाललाई टुक्रा–टुक्रा पार्ने भारतको ‘ग्राइनडिजाइन’लाई नेपाली जनताले सफल हुन नदिने बताएका छन् । नौ दलले आयोजना गरेको विरोध सभामा बोल्दै यस्तो बताएका हुन् । उनले तराईको भू–भाग नेपालीको कलेजो भएको भन्दै उनले कलेजो काटेर छिमेकीलाई दिन नसकिने पनि बताए । नेपाली जनताले संविधान जारी गरेको उपहार भारतले पाँच महिनाको नाकाबन्दी दिएको भन्दै उनले  नेपालमाथिको सौदाबाजी स्वीकार्य नहुने पनि दाबी गरे  । उनले भारतीय जनतासँग कुनै टक्कर नभएको भन्दै भारतीय शासकको अत्याचार नसहने पनि बताए ।  सभामा सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका नेता प्रेस सुवाले राष्ट्रघाती संविधानलाई संसद्मा टेबुल हुन नदिने दाबी गरे ।
कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनालीले पनि राष्ट्रघाती संविधान संशोधन प्रस्ताव दर्ता हुन नदिने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्