तस्करहरु समात्ने काम जारी छः गृहमन्त्री थापा


काठमाडौ, २३ जेठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समयमै निर्माण सम्पन्न नगर्ने जो–सुकै ठेकेदारलाई पनी कारवाही गर्न आफु पछि नपर्ने थापाले बताएका छन् । ‘समयमा काम पुरा गर्र्दैनन्, आफ्नो जिम्मेवारी पुरा नगरी कानुनको उल्लंघन गर्छन् भने राज्यले त्यसलाई अपराध मान्छ’ उनले भने, ‘समयमा काम पुरा नगर्ने जो–सुकै ठेकेदार चाहे घरवाला हुन् चाहे सांसद हुन सवैलाई कारवाही हुन्छ ।’

थापाले सुन तस्करीमा संलग्न तस्करहरु समात्ने काम जारी रहेको बताएका छन् । बुधवार  पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।
केही दिनअघि भएको नेपाल प्रहरीको एसपी र डिएसपी बढुवा सिफारिसमा विभेद भएको भन्ने पत्रकारहरुको जिज्ञासामा गृहमन्त्री थापाले त्यस्तो विभेद नगरीएको दाबी गरेका छन् ।
त्यस्तै श्रम मन्त्रालय सँग सम्बन्धित ठगी अथवा भौतिक पूर्वाधार मन्त्रालयसँग सम्बन्धित अनियमितता नियन्त्रण गर्ने सवालमा गृह मन्त्रालयले कानुन हातमा नलिएको दाबी गर्दै सम्बन्धित मन्त्रालयको निर्णयपछि मात्रै कारवाही प्रक्रिया अगाडी बढाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्