तामाकोशी विज्नेश ग्रुपको काठमाण्डौमा संस्कारा मन्टेश्वरी प्रि. स्कुल


काठमाडौ, ३१ जेठ । काठमाण्डौमा संस्कारा मन्टेश्वरी प्रि. स्कुल स्थापना भएको छ । तामाकोशी विज्नेश ग्रुप अफ कम्पनिले कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ हरहरमहादेवमा स्कुल स्थापना गरेको हो ।

कम्पनीले बहुउदेश्यहरु समावेश गरि ब्यवसाय शुरु गरेको छ । यस कम्पनीमा आबद्ध ब्यक्तिहरुले स्कुल, दन्त हस्पिटल, मिडिया, यातायात र इलेक्टोनिक सामग्री लगाएतका क्षेत्रहरु लगानी गर्दै आई रहेको छ ।

यस कम्पनीमा दोलखा जिल्लाबाट काठमाण्डौमा आई बसोबास गर्ने ७ जनाको समुह रहेको छ । यस कम्पनीले आगामी ५ बर्ष भित्रमा अन्य ब्यवसायहरु पनि सञ्चालन गर्दै बजारमा रहेको आवश्यक्ता र बेरोजगार युवा जनशक्तिलाई रोजगार दिँने उदेश्य कम्पनीको रहेको युवा नेता, ब्यसायि तथा सञ्चालक सचिब विष्णु पोखरेलले बताए ।

उनले भने, देशलाई सम्बृद्धिको बाटोमा अग्रसर गराउँन थोरै लगानीबाट व्यवसाय शुरु गरी आफ्नो ठाउँबाट अगाडि बढेका छौ । जुन कार्यको लागि सरकारको साथ सहयोग र निती नियमहरु बन्दै लगानीको बाताबरण बन्न जरुरत छ ।

यस कम्पनीले विदेशीहरुको लगानी तथा दातृ निकायहरुको साथ र सहयोगमा पनि ब्यवसायलाई बढाउदैँ लगिने पनि पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्