तालिमका लागि दश देशका सैनिक नेपालमा


 

काठमाडौं, ६ बैशाख । नेपालमा दश देशमा सेना सैनिक तालिममका लागि आएका छन् । नेपाली सेनाको सैन्य कमाण्ड तथा स्टाफ तालिमका लागि उनीहरु नेपाल आएका हुन । नेपाली सेनाका तर्फबाट ५० अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १र१ गरी ३ अधिकृतहरुलगायत मित्रराष्ट्र श्रीलङ्का, चीन, दक्षिण कोरिया, नाईजेरिया, पाकिस्तान, बङ्गलादेश, भारत, माल्दिभ्स, लेवनान, र संयुक्त राज्य अमेरिकाका १र१ गरी १० विदेशी शिक्षार्थी सहित जम्मा ६३ जना अधिकृतहरु सहभागी भएका छन् ।

सैनिक कमाण्ड तथा स्टाफ तालिम मध्यम तहका अधिकृतहरुको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न सञ्चालन गरिने महत्वपूर्ण तालिम हो । वि.सं. २०४९ पौष १४ गते स्थापना भएको उक्त कलेजले वि.सं. २०५० भाद्र २० गतेदेखि पहिलो पटक १२ जना शिक्षार्थी अधिकृतहरु समावेश गरी कमाण्ड तथा स्टाफ तालिम सञ्चालन गरेको थियो । हालसम्म नेपाली सेनाबाट ८७१, विभिन्न मित्रराष्ट्रहरुका ७३, नेपाल प्रहरीबाट १०, सशस्त्र प्रहरी बलबाट २२, राष्ट्रिय अनुसन्धान विभागबाट १३ र रक्षा मन्त्रालयबाट १ गरी जम्मा ९९० जना शिक्षार्थी अधिकृतहरुले सफलतापूर्वक उक्त तालिम लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्