तालिम दिएर फर्किँदा जिप दुर्घटना, गाउँपालिका अध्यक्षसहित छको मृत्यु


१ माघ । संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको दोभानतर्फ जाँदै गरेको जिप आइतबार दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालसहित छजनाले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेहरुमा पाथीभरा हेदानाका स्थानीयबासी एमाले नेता सुरेश राई, जिल्ला समन्वय समितिका सूचना अधिकृत सुवासचन्द्र कुइँकेल, समाजशास्त्री अर्जुन बस्नेत र इन्जिनियर सुदीप ढकाल रहेका छन् । मृत्यु हुनेमा जिप चालक पनि रहेका छन् । चालक संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइका कर्मचारी हुन् ।

सदरमुकाम खाँदबारीबाट गएको बा ५ च १३०९ नम्बरको जीप भोटखोला गाउँपालिका–३ मा पर्नेे सामाटार भन्ने स्थानमा दुर्घटना भएको हो । मकालु गाउँपालिकाको नुममा भूकम्प पुनर्निर्माणसम्बन्धी तालिम दिएर फर्किदै गर्दा जीप दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्