तिवारी हत्यारालाई तत्काल कारवाही गर्न दवाव दिदैँ युवा संघको टोली बुटवलमा


५ पुस ।  गोली प्रहारपछि हत्या भएका युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यारा पत्ता लगाउन र दोषीमाथि कारबाहीको माग गर्दै युवा संघको टोली रुपन्देही पुगेको छ । अध्यक्ष राजीव पहारी, उपाध्यक्ष दिलु पन्त, महासचिव किरण पौडेल, सचिवहरु अशोक चन्द र नरेश शाहीको टोली बुटवल पुगेको हो ।

सो टोलीले एमाले उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसालगायतका नेतासँग छलफल गरेको छ । आजै जिल्लाका सुरक्षा प्रमुखहरुसँग पनि छलफल गर्ने युवा संघ अध्यक्ष पहारीले जानकारी दिए । युवा संघको टोलीले आजै तिवारीका परिवारसँग पनि भेट गरेको छ । पहारीले हत्यारा पत्ता लगाउन सरकारले आलटाल गरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्