तिहारको पूर्वसन्ध्यामा पुष्प मेला अवलोकन गर्नेको भिड, ५० लाख बढीको कारोबार(फोटो फिचर)


काठमाडौ, १८ कात्तिक । बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी अवलोकन गर्नेको भिड लागेको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भिड लागेको हो । तेस्रो दिनसम्ममा ३९ हजार बढीले अवलोकन गरेको मेलामा ५० लाख रुपैंयाको फूल बिक्री भएको छ ।
प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एशोसिएसनले मेला आयोजना गरिरहेको छ । उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका कारण अपेक्षित तथ्यांकभन्दा धेरै कारोबार भएको एशोसिएसनले जनाएको छ ।
चार दिनसम्म मेला सञ्चालन हुँदा ४५ लाख रुपैंया बाराबरको कारोबार हुने अपेक्ष गरिए पनि तेस्रो दिनसम्ममा नै ५० लाख बढीको कारोबार भएको हो । अब आइतबार समेत गर्दा ६२ लाख बढीको कारोबार हुने आँकलन एशोसिएसनले गरेको छ । प्रदर्शनीमा ४५० भन्दाबढी जातका फूलका ४८ वटा कक्ष समावेश छन् । मेला आज सकिँदैछ ।
प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने गोदावरी फूलका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको छ । ‘रोपेर पूmल गोदावरी सजाआँै घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ शुरु भएको प्रदर्शनीमा सबैभन्दा बढी गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूलहरू बढी विक्री भएका छन् ।
२०११ देखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्यस्तरमा शुरु भएको पूmल व्यवसाय गत आर्थिक वर्षको अन्त्यसम्ममा ४३ जिल्लामा विस्तार भइसकेको छ ।

????????????????????????????????????

flower1

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

प्रतिक्रिया दिनुहोस्