तिहार सुरु, आज काग तिहार


१२ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुक्रबारबाट सुरु भएको छ । तिहारको पहिलो दिनलाई नेपालीहरुले कागको पूजा गरेर मनाउने गर्दछन् । काग तिहारबाट यमपञ्चक प्रारम्भ भएको मान्यता रहँदै आएको छ ।

कागलाई सूचनाको बाहकको रुपमा पनि लिइन्छ । वैदिक कालमा कागले सूचना आदानप्रदान गर्ने गरेको मान्यता रहँदै आएको हुँदा तिहारको पहिलो दिन काग पूजा गरेर सुरुवात गर्ने चलन भएको बताइन्छ ।

आगामी कात्तिक १६ गते तिहारको अन्तिम दिन अर्थात् भाइटीका रहेको छ । ज्योतिषहरुका अनुसार, यस पटक भाइटीकाको शुभसाइत बिहान ११ बजेर ५२ मिनेटमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्