तीज मनाउन अरु पार्टी प्यालेसमा, फुटसलसहित अनेरास्ववियु रचनात्मक काममा


९ साउन । धार्मिक एवम् सांस्कृतिक पर्व तीज र चौंठचन्द्र पछिल्लो समय भड्किलो बन्न थालेको भन्दै अनेरास्ववियु केन्द्रीय कमिटीले तीज पर्वलाई फरक ढंगले मनाउँने सस्कारको थालनी गरेको छ ।

तीज आउनु भन्दा एक महिना अघि देखि नै ठूला–ठूला होटल पार्टी प्यालेसमा तड्क–भड्कका साथ तीज पर्व मनाउँने सस्कारले सस्कृति नै लोप हुने खतरा बढेको भन्दै अनेरास्ववियुले तीज पर्वलाई नयाँ ढंगले मनाउँन सुरु गरेको अनेरास्ववियुकी अध्यक्ष नविना लामाले जानकारी दिइन् ।

धेरै महिलाहरु तीजको अवसर पारेर ठूला–ठूला होटल र पार्टी प्यालेसमा निकै महंगो तीज मनाइरहेका बेला अनेरास्ववियुले भने मैत्रीपूर्ण फुटसलको आयोजना गर्यो । ‘अब तीज तड्क–भड्कले मनाउँने होइन,’ अनेरास्ववियु अध्यक्ष लामाले भनिन्, ‘हामीले विभिन्न संगठनका महिलाहरुको उपस्थितिमा तीजको अवसर पारेर फुटसलको आयोजना गर्यौँ ।’

थापागाउँस्थित फुटसल ग्राउन्डमा आयोजना भएको प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी, अनेरास्ववियु केन्द्रीय, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु महिला, र खेलकूद पत्रकारहरुको समूहको सहभागीता रहेको पनि उनले जानकारी दिइन् । ‘सन् २०१६ की मिस नेपाल वर्षा लेखीले खेलको उद्घाटन गर्नुभयो,’ लामाले भनिन् ‘त्यहाँ अनेरास्ववियुका पूर्व अध्यक्षहरु, पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, पूव खेलकुद मन्त्री कमला रोकालगायतको उपस्थिति थियो ।’

एमाले युवा नेता तथा सांसद यज्ञराज सुनार, अखिलका पूर्वअध्यक्षद्वय राजेन्द्र राई, रामकुमारी झाक्री, प्रहरी उपरीक्षक किरण ब्रजाचार्य, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलगायतको पनि त्यहाँ उपस्थिति थियो । अध्यक्ष लामाले हुने खानेको मात्र तीज होइन सबैको तीज बनाउँन अनेरास्वुले आगामी वर्षमा पनि यस्तै कार्यक्रम गर्ने जानकारी दिइन् ।13 55 14211980_1141317869256550_2243881652199069824_n

प्रतिक्रिया दिनुहोस्