तीनकुनेबाट हतियारसहित ७ जना पक्राउ


काठमाडौं, ४ भदौ । हतियारसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले पेस्तोल र ४ राउण्ड गोलीसहित तीनकुनेबाट उनिहरुलाई पक्राउ गरेको हो । काठमाडौको तिनकुने स्थित एवान रेस्टुरेन्टबाट उनीहरूलार्इ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको अनुसन्धान भइरहेकाले विवरण भने आउन वाँकी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्