तीन दलका प्रमुख नेताहरुको बैठक सकियो, सहमति खोज्ने प्रयास असफल


१८ पुस ।  प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुबीच समसामयिक राजनीतिक विषयमा सहमति खोज्ने प्रयास असफल भएको छ ।

तीन दलका शीर्ष नेताबीच सोमबार सिंहदरबारमा बसेको बैठक सहमति खोज्न असफल भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा बसेको बैठकमा तीन दलकै नेताहरुले आ–आफ्नै अडान दोहोर्याएका थिए ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान दोहोर्‍याएका थिए ।

बैठकमा संशोधन प्रस्ताव फिर्ता भए सहमति हुने बताएको सञ्चारकर्मीसँग ओलीले भने ।  बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसबाट शेरबहादुर देउवा र रामचन्द्र पौडेल, नेकपा (एमाले) का तर्फबाट केपी शर्मा ओली र वामदेव गौतम सहभागी  थिए ।

प्रतिक्रिया दिनुहोस्