तीन दलका प्रमुख नेताहरुको बैठक सिंहदरबारमा सुरु


पुस १८ ।  प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुबीच बैठक सुरु भएको छ ।

सिंहदरबारमा सुरु बैठकमा समसामयिक राजनीतिक विषयमा सहमति खोज्ने प्रयास गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ । बैठक प्रधानमन्त्री प्रचण्डले नै आब्हान गरेका हुन् ।

बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसबाट शेरबहादुर देउवा र रामचन्द्र पौडेल, नेकपा (एमाले) कार्फबाट केपी शर्मा ओली र बामदेव गौतम सहभागी छन् । बैठक अहिले पनि जारी छ ।

प्रतिक्रिया दिनुहोस्