तीन दल मिल्नुको विकल्प छैनः नेता पाण्डे


३ मङ्सिर । नेकपा (एमाले) का नेता एवं सांसद सुरेन्द्र पाण्डेले निर्वाचनका लागि प्रमुख तीन दल मिल्नुको विकल्प नभएको बताएका छन् । पोखरामा शुक्रबार पत्रकारसँगको भेटघाटमा उनले अब हुने तीन तहको निर्वाचनमा तीनवटै पार्टीले पालैपालो सरकारको नेतृत्व गरेर भए पनि देशमा आइपर्ने सङ्कटको अन्त्य गर्नुपर्ने बताए ।

नेता पाण्डेले निर्वाचन सम्बन्धी ऐन पारित नभएकाले निर्वाचन नहुने शङ्का बढ्दै गएकोमा चिन्तासमेत व्यक्त गरेका थिए ।

‘संविधान संशोधन गर्ने चर्चा सत्ता जोगाउने खेल मात्रै हो’ उनले भने– ‘संविधान संशोधनको ठोस प्रस्ताव आए एउटै टेवुलमा बसेर छलफल गर्न एमाले तयार छ ।’

प्रतिक्रिया दिनुहोस्