तीन दिनभित्र शुल्क वृद्धि फिर्ता नगरे आठ विद्यार्थी संगठनले आन्दोलन गर्ने


५ वैशाख । निजी विद्यालयलाई जथाभावी शुल्क नबढाउन आग्रह गर्दै आठ विद्यार्थी संगठनले शिक्षामन्त्री धनीराम पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले मंगलबार सिंहदरवारमा मन्त्री पौडेलकै कार्यकक्षमा पुगी ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले ज्ञापनपत्रमा शैक्षिक शत्र सुरु भएसँगै निजी विद्यालयले मनोमानी ढंगले विभिन्न शीर्षकमा शुल्क बढाएको उल्लेख गरेका छन् ।

२०७३ साल वैशाख ७ गते विभिन्न विद्यार्थी संगठन र सरकारबीच भएको सम्झौताको ख्याल नगरी निजी विद्यालयले शुल्क बढाएको भन्दै मनोमानी ढंगले बढाएको शुल्क नघटाए आफूहरु चुप लागेर नबस्ने पनि उनीहरुले चेतावनी दिएका छन् ।

ध्यानाकर्षण बुझाउने विद्यार्थी संगठनहरुमा अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारीलगायत छन् । ‘अहिले निजी विद्यालयले शिक्षण संस्थालाई व्यापारिक केन्द्र जस्तो बनाएका छन्,’ अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्यले भने, ‘तीन दिनभित्र शुल्क नघटाए हामी कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।’70 777

प्रतिक्रिया दिनुहोस्