तेजेन्द्रले सारंगी रेटेर निर्मला पन्त हत्याको विषयलाई यसरी उतारे (भिडियो सहित)


द भ्वाइस अफ नेपालका प्रतिस्पर्धी तेजेन्द्र गन्दर्भले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको विषयलाई गीत मार्फत प्रस्तुत गरेका छन । उनले निर्मला पन्त कसरी अन्यायमा पर्दैछिन भनेर चित्रण गरेका छन ।

प्रतेक   शनिबार र आइतवार  प्रशारण हुने रियालिटी शो द भ्याईस अफ नेपाल को पहिलो संस्करण नेपालमा सुरु भएको छ । सांगितीक प्रतिस्पर्धात्मक उक्त कार्यक्रम संसारभर प्रसारण हुने बहुचर्चित रियालीटी सो हो।

द भ्वाईस अफ नेपालमा गत असारबाट नेपालमा सुरु भएको हो उक्त कार्यक्रमको बिजेताले २५ लाख नगद तथा २० लाख बराबरको सहयोग पाउने छन । द भ्वाईस अफ नेपालको निर्णायक मण्डलमा चर्चित गायक प्रमोद खरेल, सनुप पौडेल, दिप श्रेष्ठ, तथा अभय सुब्बा रहेका छन।
तेजेन्द्रलाई द भ्वाईस अफ नेपाल पहिलो सिजनको कडा प्रतिस्पर्धीको रुपमा लिईन्छ।

प्रतिक्रिया दिनुहोस्