तेह्थुम एमालेमा लक्ष्मण तिवारी विजयी


३२ जेठ। नेकपा (एमाले) तेह्रथुमको दशौँ जिल्ला अधिवेशनबाट अध्यक्षका प्रत्यासी लक्ष्मण तिवारी विजयी भएका छन् । तिवारी अध्यक्षका प्रत्यासी विष्णुविक्रम कन्दन्वा र पिताम्वर तिमसिनालाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । तिवारी वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्छन् ।

कन्दन्वा पनि नेपाल निकट नै हुन् । तिमसेना भने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । २ सय २२ मतसहित अध्यक्ष निर्वाचित भएका तिवारीलाई महासचिव ईश्वर पोखरेल, पोलिट्ब्युरो सदस्य एवं एमाले सचेतक भानुभक्त ढकाललगायतको पनि समर्थ रहेको बुझिएको छ ।

अघिल्लो कार्य समितिमा तिवारी उपाध्यक्ष थिए । तिवारीले जिल्लामा लोकप्रिय छवी बनाएको कार्यकर्ताहरु बताउँछन् । दन्दन्वा दुई कार्यकाल सचिव भएका व्यक्ति हुन् । उनले २ सय ८४ मत ल्याए । कमिटिको उपाध्यक्षमा सन्जय तुम्बाहाम्फे, सचिवमा शिव ढुंगाना, र उप–सचिवमा भुपती श्रेष्ठ विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्