तेह्रथुमको संक्रान्ति बजारमा आगलागी


१ पुस ।  तेह्रथुमको संक्रान्ति बजारमा आगलागी भएको छ । स्थानीय अग्नी सेढाइको घरबाट सुरु भएको  आगलागीबाट करोडौँको क्षती भएको छ ।

तेह्रथुमको सदरमुकाम म्याग्लुङ बजारबाट करिव ६८ किलोमिटरको दूरीमा रहेको सो बजारमा आगलागी भएपछि आगो निभाउनका लागि सुरक्षाकर्मी स्थानियवासीले जुटेका थिए ।

तेह्रथुमका प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेका अनुसार अहिलेसम्म दर्जन बढी घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रणका लागि पाँचथरबाट दमकल मगाइएको छ । दमकलसहितको टोली आगो नियन्त्रण जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्