तोकिएको म्यादी सरकारले काम गर्न सक्दैनः बाबुराम भट्टराई


साउन ३१। नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान त्रुटिपूर्ण रहेको आरोप लगाएका छन् । उनले संविधानमा त्रुटि रहेको भन्दै सच्चाएर अघि बढ्नुपर्ने समेत दाबी गरेका छन् । संविधान जारी भए लगत्तै पार्टी छाडेका बाबुराम भट्टराईले

प्रेस सोसाइटी नेपाल तनहुँ शाखाले सोमबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो दाबी गरेका हुन् । उनले संसदीय प्रणालीबाट जाने परिपाटीको अन्त्य गरिनुपर्नेमा पनि जोड दिए । ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाने व्यवस्था हुनुपर्छ,’ उनले भने ।
पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले तोकिएको म्यादी सरकारले काम गर्न कठिन हुने पनि दाबी गरे । ‘कम्तीमा पनि पाँच वर्ष शासन व्यवस्था चलाउन पाउने प्रावधान बन्नुपर्छ,’ उनले भने ।
म्यादी सरकार बन्दा कर्मचारीले नटेर्ने र अन्य निकाय सक्रिय नहुने हुँदा सोचेअनुरुप काम गर्न कठिन परिस्थिति सिर्जना हुन सक्ने उनको भनाई छ ।

संविधान बनेपछि सीमाङ्कनको विषयमा आन्दोलन भइरहेकाले संविधान संशोधन गरी उनीहरुको माग पूरा गर्नेतर्फ सरकार सक्रिय बन्नुपर्ने उनको धारणा थियो ।

सञ्चारकर्मीको एक जिज्ञासमा उनले भने– नयाँ शक्ति नेपाल सङ्गठन विस्तारकै क्रममा रहेको र आगामी तीन महिनाभित्र अहिले रहेको सदस्य सङ्ख्याको दोब्बर सङ्ख्या पु¥याउने लक्ष्य राखेको छ ।

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई सुनिश्चित गरेर संरक्षित र विशेष क्षेत्रहरुलाई पुरानो शैलीबाट हटाएर लैजानुपर्छ उनले भने– ‘विकास निर्माण र आर्थिक क्रान्ति गर्नु नै नयाँ शक्तिको मुख्य एजेन्डा हो ।’

डा भट्टराई ४ नं प्रदेशको अन्तर संवाद कार्यक्रमका लागि तनहुँमा छन् ।

प्रतिक्रिया दिनुहोस्