त्रिशुली नदीमा ट्रक खस्यो, दुईको मृत्यु


२१ भदौ । काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको ट्रक त्रिशुली नदीमा खस्दा दुर्इको मृत्यु भएको छ ।

बिहान पौने चार बजे पृथ्वीराजमार्गअन्तर्गत दारेचोक–७ चुमखोलाबाट ट्रक त्रिशूलीमा खसेको हो । दुईजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना ३ ख ९९०३ नंको ट्रक त्रिशूलीमा खसेको हो । मृतक अन्दाजी २८ र ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन ।

घाइते बारा जिल्लाको कलैया नगरपालिका–२ का २० वर्षीय रामबली प्रसाद र बाराकै बलरामपुर बस्ने २५ वर्षीय भुवनदेव साह छन् । दुवै घाइतेको उपचार कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्