थपिए दुई मन्त्री, उपेन्द्र यादव भए स्वास्थ्य तथा जनसंख्या मन्त्री


काठमाडौ, १८ जेठ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव जनसंख्या तथा स्वास्थ्य मन्त्री भएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो पटक मन्त्रीमण्डल विस्तार गर्दै दुई मन्त्री थपेका हुन । फोरमबाट उपेन्द्र जनसंख्या तथा स्वास्थ्य र मोहमोद इस्तियाक राई शहरी विकास मन्त्री हुने भएका हुन् ।
जेठ १४ गते प्रधानमन्त्रीनिवास बालुवाटारमा सरकार र फोरमबीच दुई बुँदे सहमति भएको थियो । दुईबुँदे सहमतिपत्रमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष प्रचण्ड र फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्