थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु,मृतकको संख्या १० पुग्यो


काठमाडौं,२२ जेठ । थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। पाल्पाका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। पाल्पा पूर्वखोला घर भएका उनी  भारतबाट नेपाल आएका थिए । उनको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। स्वाब परीक्षणका क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको प्रवक्ता डा योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका १० जनाको मृत्यु भएको छ।

 

प्रतिक्रिया दिनुहोस्