थप १३ जनामा कोरोना संक्रमण, कोरोना संक्रमितको संख्या १३४ पुग्यो


काठमाडौं, २९ बैसाख । कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

कपिलवस्तुका ६, रुपन्देहीका ६ जना र बर्दियाका एक जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यीसँगै आज (सोमबार) एकै दिन कोरोना संक्रमित भेटिएको संख्या २४ पुगेको छ । मन्त्रालयका अनुसार यी सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ

प्रतिक्रिया दिनुहोस्