थप १७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१२ पुग्यो


काठमाडौँ, १६ जेठ । नेपालमा थप १७० जनामा कोरोना भाइरसको संक्रमण संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार  नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ। हालसम्म नेपालमा कोरोना संक्रमण देखिएकामध्ये ६ जनाको मृत्यु भइसकेको छ भने उपचारपछि २ सय ६ जना निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्