थप १ सय ३३ जनामा कोरोना संक्रमण


काठमाडौं,९ साउन । नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्