थप २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४२७ पुग्यो


काठमाडौँ, ७ जेठ ।  थप २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी दिइएको हो।बाँकेको नरैनापुरका ६ जना पुरुष छन् भने घनकुटाका ५ जना रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा बताए। यस्तै कपिलवस्तुमा १३ जना र नवलपरासी पश्चिममा १ जना कोरोना संक्रमित भेटिएको प्रवक्ता देवकोटाले जानकारी दिए। यो सहित नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्