उदयपुरका थप ३ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमितको संख्या ४५ पुग्यो


 

काठमाडौं, १० वैशाख । थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुरका २४, ६० र ७२ वर्षका पुरुषमा काेराेना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्