थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १४ हजार ४६ जना पुग्यो


काठमाडौं,१७ असार । पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अहिलेसम्म १४ हजार ४६ जना संक्रमित भएका छन् । उनीहरूमध्ये ३० जनाको मृत्यु भएको छ भने ४ हजार ६५६ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्