थाई र नेपाली कलाकार एकै मञ्चमा


काठमाडौं ८ जेठ । थाईल्याण्ड र नेपालबीच कला–संस्कृति आदानप्रदान गर्ने हेतुले दुवै देशका कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुति दिएका छन् । सोमबार मध्यान्ह लेखन कुञ्जमा दुवै देशका कलाकारले सांगीतिक प्रस्तुति दिनुका साथै थाईल्याण्डका फिल्म–निर्माताले तयार पारेको नेपालसम्बन्धी वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।
उक्त कार्यक्रममा थाईल्याण्डका कलाकार चु चु र नेपाली कलाकार मनमोहन थपलियाले सुन्दर सांगीतिक प्रस्तुति दिएका थिए । थाईल्याण्डबाट आएका ६ जनाको टोलीले कार्यक्रममा सहभागिता जनाएका थिए । कवि सुवास पराजुलीले दुवै देशका कलाकारलाई लेखन कुञ्जमा जुटाउने जिम्मा लिएको सो अवसरमा जनाइएको थियो ।
घोस्ट राइटिङ नेपाल तथा लेखन कुञ्जका अध्यक्ष कमल ढकालले दुई देशबीचको सांगीतिक प्रस्तुतिले मित्रता थप सुदृढ हुने र अन्तरदेशीय सम्बन्ध विस्तार हुने चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्