थुनुवामा कोरोना देखिएपछि प्रहरी कार्यालय सिल


बैतडी,९ जेठ ।  जिल्ला प्रहरी कार्यालय बैतडीमा रहेका एक जना थुनुवामा  कोरोना संक्रमण पुष्टिपछि कार्यालय सिल गरिएको छ। चैत ६ गते भारतबाट नेपाल आएका  वैशाख १५ गते कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएको डिएसपी दिल्ली नारायण पाण्डेले जानकारी दिए। सेती प्रादेशिक अस्पतालमा पिसिआर परिक्षणमा थुनुवामा रहेका एक जनालाई कोरोना पोजेटिभ देखिएको र अन्य ५ जनाको स्वाब संकलन गरि पठाइएको उनले जानकारी दिए। उनमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका आइसोलेसनमा राखिनेछ।

प्रतिक्रिया दिनुहोस्