दमकलाई उपमहानगरपालिका बनाउनुपर्ने भन्दै कार्यालयमा कालोझण्डा, दर्जन बढी आन्दोलनकारी नियन्त्रणमा


२५ कात्तिक । दमक नगरपालिकालाई उपमहानगरपालिका बनाउँन माग गर्दै स्थानीय राजनीतिक दलहरुले सशक्त आन्दोलन सुरु गरेका छन्। इटहरी र मेचीनगर भन्दा पुरानो दमक नगरपालिकालाई उपमहानगरपालिका नबनाइएकोमा  आन्दोलनकारी आक्रोशित वनेका छन् ।

कांग्रेस,एमाले र माओवादी केन्द्रसहितका राजनीतिक दलका स्थानीय नेताहरुले लखनपुर,तोपगाछी र धरमपुर गाविस मिलाई उपमहानगरपालिका बनाउनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका हुन् ।

सर्वदलीय संयुक्त संघर्ष समितिको आह्वानमा बिहबिारबाट उक्त क्षेत्रका सम्पूर्ण सरकारी कार्यालयमा तालाबन्दी गरेर उनीहरु प्रदर्शन र घेराउमा उत्रिएपछि त्यहाँको वातावरण अहिले अनियन्त्रित भएको छ । आन्दोलनमा उत्रिएका दलहरुले सरकारी कार्यालयमा कालोझण्डासमेत गाडेका छन् ।

प्रदर्शनका क्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य गगन पुरी, नगर सचिव शंकर वस्नेत, प्रेम विमली, नेपाली कांग्रेसका दिपेश दाहाललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
माओवादी केन्द्र दमकका नगर सचिव शंकर बस्नेतले भने– ‘अब दमकलाई उपमहानगरपालिका नबनाएसम्म हाम्रो आन्दोलन रोकिंदैन ।’ 55 66

प्रतिक्रिया दिनुहोस्