दलबीच समझदारीबाटै निर्वाचनको मिति घोषणा गर्छुः प्रधानमन्त्री प्रचण्ड


६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरताका निम्ति संविधान कार्यान्वयनको प्रक्रियामा आफूहरु लागेको बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ७ नं प्रदेश, कैलाली जिल्लामा कार्यान्वयन हुन लागेको गहुँ बालीको सुपर जोन (मुख्य क्षेत्र) कार्यक्रमको  गदरियामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पहाड, हिमाल, तराई, मधेसी, जनजाति, थारुलगायत सबैलाई जोडेर सवैको स्वीकार्य दस्तावेज बनाई निर्वाचनमा जाने काममा सरकार लागेको पनि स्पष्ट पारे ।  उनले दलहरुबीच समझदारी बनाई निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको समेत स्पष्ट पारे ।

उनले संविधान संशोधन, निर्वाचनको मिति घोषणा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुखको महाभियोग प्रस्तावका सन्दर्भमा दलबीच समग्रमा नै समझदारी बन्ने विश्वास व्यक्त पनि गरे ।  ‘संशोधन प्रस्ताव परिमार्जन संसदीय प्रक्रियाबाट हुन सक्छ, परिमार्जन गर्ने सर्तमा पनि समझदारी बनाउने कोसिस हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्