दलहरुबीच राम्रो समदझारी बनोस्ः राष्ट्रपति


९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच समसामायिक राजनीतिक विषयमा भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आज बिहान भएको सो भेटमा उनिहरुबीच व्यवस्थापिका–संसद्मा संविधानका बारेमा उठिरहेका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो । भेटमा राष्ट्रपति भण्डारीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा दलहरुबीच राम्रो समदझारी बनी मुलुक सहज निकासतर्फ अग्रसर होस् भन्ने आफ्नो चाहना रहेको बताएको अध्यक्ष दाहालले सञ्चारकर्मीलाई जानकारी दिए।

राष्ट्रपति भण्डारीले सबै पक्षसँग छलफल गरेर सहज समाधान निकाल्नेतिर आफ्नो भूमिका रहने विश्वास अध्यक्ष दाहाललाई दिलाएकी थिर्इन  ।
भेटमा अध्यक्ष दाहालले सदनमा रहेको अविश्वासको प्रस्तावमाथिको छलफलपछि के हुन्छ हेर्न बाँकी छ भन्दै सबै कुरालाई सकारात्मक ढङ्गबाट छिटो निकास निकाल्न आफू प्रयासरत रहेको बताएको जानकारी गराए  ।

अध्यक्ष दाहालले परम्परा, अभ्यास र संविधानको मूल मर्म र भावनानुरुप सहज ढङ्गले नै अघि बढ्नुपर्छ र बढ्छौँ भने । भेटमा उनले अविश्वासको प्रस्ताव पारित भयो भने वर्तमान प्रधानमन्त्री स्वतः पदमुक्त हुने र नयाँ प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढ्नुपर्छ भनेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्